Tag Archives: भूपि शेरचन

मैनबत्तीको शिखा

मैनबत्तीको शिखा भूपि शेरचन शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको । मानौं, प्रथम रजस्वलापछि स्नान गरेर शारदीय घाममा आफ्नो कौमार्य छरेर थकित-थकित झैं चकित-चकित झैं एक्लै-एक्लै मुस्काइरहेको अनुहार हो यो कुनै सुन्दरी नवयुवतीको । शुभ्र, शान्त, स्निग्ध शिखा मैनबत्तीको । … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कविता | Tagged | टिप्पणी छोड्नुहोस्

मेरो चोक

मेरो चोक भूपि शेरचन साँघुरो गल्लीमा मेरो चोक छ । यहाँ के छैन? सबथोक छ । असङ्ख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ, केवल हर्ष छैन, यहाँ त्यसमाथि रोक छ । साँघुरो गल्लीमा मेरो चोक छ । यहाँ … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कविता | Tagged | टिप्पणी छोड्नुहोस्

हल्लै हल्लाको देश

हल्लै हल्लाको देश भूपि शेरचन यो हल्लै हल्लाको देश हो कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु जहाँ संगीत प्रतियोगिताका जज हुन्छन् र जहाँ आत्मामा पत्थर परेकाहरु काव्यका निर्णायक मानिन्छन्, काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन् र जहाँ प्लाष्टर गरिएका हातहरुमा सुरक्षाको … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कविता | Tagged | टिप्पणी छोड्नुहोस्

गलत लाग्छ मलाई मेरो देशको इतिहास

गलत लाग्छ मलाई मेरो देशको इतिहास भूपि शेरचन जब म यी भोकमा डुबेका चोकहरुमा यी वैलाएका कलीजस्ता गल्लीहरुमा हेर्छु एक-दुइ दिन बसेर बास तब मलाई गलत लाग्छ मेरो देशको इतिहास यो बाटोमा बीचमा माटो खनेर बसेका देवताहरु यो बुझेर पनि … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कविता | Tagged | टिप्पणी छोड्नुहोस्

शहीदहरुको सम्झनामा

शहीदहरुको सम्झनामा भूपि शेरचन हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्‌को देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता मातृभूमिको चरण ढोगी भाग्दछ … पढ्नेक्रम जारी राख्नुहोस्

Posted in कविता | Tagged | टिप्पणी छोड्नुहोस्